लिम्बु (याक्थुङ) जातिको खेवा (खेवाहाँङ) थर भित्र ६ वटा उपथर रहेका छन ति थरहरु तिगेला, मादेन, माङयाक, तुम्खेवा, आङ्खेवा र चोङवाङ हुन । खेवाहरु पूर्वी नेपालको प्रदेश न १ को छथर गाँउ पालिका (तेह्रथुम) र छथर जोरपाटी गाँउ पालिका (धनकुटा) मा बसोबास गर्दछन । ६ थरी खेवाहरुको यक छथर तेह्रथुमको ताक्लुङ यक हो ।

यस छथरमा खजुमहरु पनि बसोबास गर्दछन । खजुम थरभित्र पनि ६ वटा उपथर रहेका छन । खेवा र खजुम दुवै थरमा ६/६ थरि रहने भएकोले यस क्षेत्रलाई छथर भनिएको विश्वास गरिए पनि इतिहासमा ६ लिम्बुवानको पनि चर्चा हुने गरेको छ ।

खेवा भित्रका छ थरीहरुले पंक्षि (कुखुरा) खादैनन तर खजुमहरुले खाने गर्दछन ।